मुख्यमन्त्री शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासकाे मत दिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्र तयार भएकाे छ। गठबन्धनका प्रमुख नेतृत्वसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगकाे छलफलपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दल बिश्वासकाे मत दिन तयार भएकाे हाे।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहलाई केन्द्रबाट स्पष्ट निर्देशन नआएसम्म विश्वासको मत दिन नसकिने भनेर माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्टले शनिबार मुख्यमन्त्रीलाई भेटेर ‘पावर सेयरिङ किलियर’ गर्न खाेजेका थिए । उनले यथास्थितिमा विश्वासका मत दिन नसकिने बताएको भोलिपल्ट आइतबार बिहान पार्टी केन्द्रले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्कुलर गरेपछि कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट विश्वासको मत पाउने भएका हुन्।

एकीकृत समाजवादीले सुरुमै कांग्रेससँग सत्ता साझेदारी गरिसकेको छ। नागरिक उन्मुक्तिले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ। मुख्यमन्त्रीले आज केही बेरमै विश्वासको मत लिने तयारी गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.