जेलमुक्त भए पल शाह

आइतबार सफाई पाएका अभिनेता पल शाह साेमवार आज कारागारबाट रिहा भएका छन् । नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेर पक्राउ परि विगत एक वर्षदेखि तनहुँ जिल्ला कारागारमा रहेका शाह आज रिहा भएका हुन् ।

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको थियो ।कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त भएका छन् ।

अघिल्लो वर्षको फागुन ११ गतेको पीडितको जाहेरीले फागुन १५ गते पक्राउ परेका शाह त्यतिबेलादेखि जेलमै रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.