काठमाडौं । सहमतिकाे राष्ट्रपति खाेज्ने किचलाेमा बर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना देखिएकाे छ । एकपछि अर्काे तास खेलेझै सत्ता गठबन्धनकाे प्रमुख दल एमालेले आफ्नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेपछि शुक्रवार विहान माओवादी लगायत चुनावअघिकाे सत्ता गठबन्धनकाे बैठकमा नेताहरुले एकै ठाउँमा उभिने सहमती गरेपछि यस्ताे सम्भावना बढेकाे हाे ।
राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’
उता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्न खोजेको एमाले नेता नेपाल पुरानै गठबन्धनमा फर्किएपछि अप्ठ्यारोमा परेको छ ।