धनगढी । कैलालीमा आजदेखि ११औं चरणको हात्तीपाइले बिरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ। जिल्लाका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाइन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आज ११ बजेदेखि औषधि खुवाइएकाे स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगका फोकल पर्सन मिनबहादुर धामीले बताए। कैलालीमा यो वर्ष १३ पालिकाको १२६ वडाका १४२ स्वास्थ्य संस्थाबाट औषधि सेवन अभियान थालिएकाे फोकल पर्सन धामीले बताए।
जिल्लाका ९ लाख २६ हजार ८८८ जनालाई औषधि खुवाउन पालिकाहरूले पालिका स्तरीय योजनाअनुसार काम गर्ने बताइएको छ।