धनगढी। प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्ड आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी आउँदै छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनकाे याे पहिलाे भ्रमण हाे ।
प्रधानमन्त्री प्रचण्ड बिहान ८:३० बजे नेपाली सेनाको जहाजबाट धनगढी आउने र गेटास्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गर्ने छन् । महेन्द्रनगरमै खाना खाने र त्यसपछि सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर महेन्द्रनगर फिर्ता हुने जनाइएको छ ।
२ः३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र २ः४५ मा कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।आजै ४ः३० मा धनगढी विमानस्थल पुग्ने र काठमाडौँ फर्किने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।