काठमाडौं । उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले बुधबार विहान प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा लिङ्देनले प्रधानमन्त्रीसामु रवि लामिछानेलाई गृहमन्त्री बनाउन आग्रह गरेको बुझिएको छ । लामिछानेलाई गृहमन्त्री बनाए वर्तमान गठबनधन अझ मजबुद हुने लिङ्देनले आशाय व्यक्त गरेको बताइएको छ । अजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । नागरिकता विवाद मुद्धामा दोषी भएसँगै सर्वोच्चले रवि लामिछानलाई मन्त्रीबाट बर्खास्ता गर्न आदेश दिएको थियो ।
रवि बर्खास्त भएसँगै गृहमन्त्री प्रधानमन्त्री प्रचण्ड आँफैले राखेका छन् । रविलाई गृहमन्त्री बनाउनु पर्ने आग्रहहरुमा प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआएसम्म नियुक्त नगर्ने जवाफ दिँदै आएका छन् ।