प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउदै

धनगढी । कञ्चनपुरकाे महेन्द्रनगरमा आयाेजना हुने सुदूरपश्चिम ओैधाेगिक मेलाकाे उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सुदूरपश्चिम आउने भएका छन् । संघियता सहितकाे गणतन्त्र नेपालका जन्मदाता मानिने प्रचण्ड तेस्राे पटक नेपालकाे प्रधानमन्त्री भएसँगै पहिलाे पटक सुदूरपश्चिम आउनलागेका हुन् ।

उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजना हुने मेलाको फागुन १ गते प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको कञ्चनपुर उधाेग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बताए। ‘यहाँका गौरवका आयोजनाको निरीक्षणमा आउँदा प्रधानमन्त्री ज्यूले मेलाकोे पनि उद्घाटन गर्नुहुन्छ,’ उनले भने, ‘त्यसको तयारीमा हामी जुटिसकेका छौं।’

केहीदिन अघि कञ्चनपुरका उद्योगी, व्यवसायीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर मेला उद्घाटनको निम्तो दिएका थिए।याेसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि प्रधानमन्त्री दाहाल सुदूरपश्चिममा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणमा आउने भन्दै प्रदेशका मुख्य सचिव, सचिव र मन्त्रालयका उपसचिवलाई त्यसको तयारीमा जुट्न निर्देशन दिई सकेकाे स्राेतले बताएका छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.