राष्ट्रिय कर्मचारी संगठनको कैलाली सम्मेलन सम्पन्न, अध्यक्षमा भारती

धनगढी । नेकपा माओवादी केन्द्र समर्थक नेपाल कर्मचारी संगठन निजामती कैलालीकाे पाँचाैं जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । शनिवार स्वास्थ्य तालिम केन्द्र धनगढीकाे सभाहलमा आयाेजित सम्मेलनकाे बन्दसत्रले जिल्ला कार्यसमितिकाे नयाँ नेतृत्व समेत चयन गरेको छ । 

जिल्ला अधिवेशनले गङ्गाराम भारतीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत् रुपमा चयन गरेको हो । संगठनको वरिष्ठ उपाध्यक्षमा गंगाराम उपाध्याय, खुल्ला उपाध्यक्षमा दमनबहादुर शाही, महिला उपाध्यक्षमा दिलसरा जैशी, सचिवमा विनोदराज सुवेदी, कोषाध्यक्षमा शैलेन्द्रबहादुर सिंह, सह–सचिवमा नरेशबहादुर स्नेही चयन गरेको छभने सदस्यहरुमा पुस्कर ठगुन्ना, कविराज धामी, जनकराज अवस्थी, धर्मानन्द कवाडी, कलक बहादुर शाहनी, वविता तिवारी, विकास वड, श्यामराज जोशी, रामदिन जोशी, चयन गरिएको संगठनका केन्दीय कोषाअध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज बलदेव कपाडीले जानकारी दिए ।

यस अघि पाँचौ जिल्ला अधिवशेन सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश धामीले उद्घाटन गरेका थिए । याेसँगै सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा संगठनकाे जिल्ला अधिवेशन सम्पन्न भइसकेकाे र आज आइतवार नै नेपाल कर्मचारी संगठन निजामतीकाे प्रदेश सम्मेलन हुने प्रदेश इन्चार्ज कपाडीले जानकारी दिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.