सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

धनगढी । देशको पश्चिमी क्षेत्रमा आज (बिहीबार) र भोलि (शुक्रबार) वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

अनि सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थान साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै भोलि शुक्रबार पनि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। बुलेटिनअनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यसैगरी शुक्रबार राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.