हत्या गरिएकी मायाको परिवारलाई गाउँपालिकाले दियाे २ लाख ५० हजार

बैतडीको पञ्चेश्वर गाउँपालिकाले घाँटी रेटी हत्या गरिएकी माया लुहारको परिवारलाई २ लाख ५० हजार  आर्थिक सहयोग  गरेको छ । यसअघि घाइते नेहा लुहारको  उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको पलिकाले अहिले २ लाख ५० हजार चेक हस्तान्तरण गरेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् ।

यस्तै  गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष र कर्मचारीहरूले व्यक्तिगत रूपमा सङ्कलन गरेर ६३ हजार रुपैयाँ  पीडित  परिवारलाई हस्तान्तरण गरिएको बताइएको  छ । सशस्त्र प्रहरीका जवान  समेत रहेका शिवनाथ ४  सोलपालाका भरतराम कोलीले माया लुहारको घाँटी  रेटेर हत्या  गरेका थिए भने नेहा लुहारलाई घाटीमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

यता माया हत्याका अभियुक्त भरतराम कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ । मायाको चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेका कोलीलाई प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो । अदालतले कोलीलाई पुस ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.