धनगढी । नेकपा माओवादी केन्द्र समर्थक नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नवनिर्वाचित भएका माननीयहरुलाई बधाई तथा स्वागत गरेकाे छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) केन्द्रीय काेषाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश ईञ्चाज बलदेव कापडीले नवनिर्वाचित सांसदसँग परिचय गर्दै बधाई दिईएकाे र आगामी दिनमा पार्टीकाे नीति निर्देशन अनुसार जनप्रतिनिधि र कर्मचारीवीच समन्वय गरेर जनसेवालाई अझ कसरी सहज बनाउन सकिन्छ भन्नेबारेमा समान्य छलफल भएकाे जानकारी दिए ।
नेपाल निजामती कर्मचारी महासंघ सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भाेजराज ओझाकाे अध्यक्षतामा धनगढीस्थित पर्यटन मन्त्रालयकाे सभा हलमा भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टसहित प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित सबै संसदहरुकाे सहभागिता रहेकाे थियाे ।