अव श्रम सहकारी र पर्यटन सहकारी सञ्चालन आवश्यक: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजवादलाई साकार बनाउने महत्वपुर्ण माध्याम सहकारी संस्था रहेका बताएका छन् । सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा उद्ध्घाटन गर्दै मुख्यमन्त्री भट्टले समाजवादको सपनालाई साकार पार्ने मुख्य खम्बा सहकारी संस्था भएकाले सहकारी संस्था सुदृढ हुनु जरुरी भएकाेबताएका हुन् ।

मख्यमन्त्री भट्टले कतिपय सहकारी संस्थाले छोटो समयमा राम्रो प्रगति गरेको भएपनि केही संस्था भने स्थापना पछि धर्मराएका बताए । संस्या खोलेर पदमा बस्ने र केही नगर्ने प्रवृति भयोभने संस्थाको विकास हुन सक्दैन,’ मुख्यमन्त्री भट्टले भने, ‘संस्थाको विकास गर्न शेयर सदस्यको चासो र सञ्चालक समितिको सक्रियता अपरिहार्य हुन्छ ।’

सुर्मा साईपालले स्थापनाको छोटो समयमा राम्रो प्रगति गरेको भन्दै उनले आगामी दिनमा थप मेहनत गरेर शेयर सदस्यलाई बढी भन्दा बढी सेवा दिदै सामाजिक परिवर्तनमा सहिक्रय बन्न आग्रह गरे । देशमा कृषि, बचत तथा ऋणमा केन्द्रित भएर मात्रै सहकारी संस्था स्थापा भएका भन्दै उनले अव श्रम सहकारी र पर्यटन सहकारी पनि सञ्चालनमा आउनु आवश्यक रहेको बताए ।

‘श्रम गर्ने जनशक्ति अहिले कम हुँदै गएको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘ जस्का कारण सुदूरपशिचमका धेरै सम्भावनाहरु उजागर हुन सकेका छैनन्, त्यसैगरी यहाँ पर्यटन व्यवसायको राम्रो सम्भावना भएपनि हामीले भित्र्याउन सकेका छैनौं, ती सम्भावना उजागर गर्न सहकारी सञ्चानलन गरिनु पर्दछ ।’

सुर्मा साईपालका अध्यक्ष मदन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिमका निबर्तमान सभामुख अर्जुन बहादुर थापा, निवर्तमान प्रदेश सभा सदस्य सान्ति बिक, देवकी मल्ल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भुवा नाच सहति विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएका थिए ।

 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.