सुदूरपश्चिमको कलासंस्कृति: ‘लाई हेल कालो टिको’ सार्वजनिक

गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक भएको छ। सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीतमा गायिका आचार्यको स्वरमा गायक प्रकाश सपूतले साथ दिएका छन्।

गीतको भिडियोमा गायिका आचार्य र गायक सपूतको अभिनय रहेको छ भने शब्द तथा सङ्गीत नरेन्द्रराज रेग्मीले दिएका छन्। नयाँ पुस्ता आफ्नो मौलिकता जोगाइराख्न जागरुक बनून् भन्ने हेतुले यस्तो गीत ल्याएको गायिका आचार्य बताइन्। सुदूरपश्चिमको लोक भाकालाई नयाँपन दिँदै गीत तयार भएको उनकाे भनाई छ।

गीतको भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको हो भने छायाङ्कन नवराज उप्रेती, सम्पादन प्रवीण भट्ट र सहनिर्देशन विशाल घिमिरेको छ। आचार्यले गीतको भिडियो आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।   

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.