धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथग्रहण गराउने तयारी थालेको छ । ५३ सदस्यीय प्रदेशसभाका सांसदको यही पुस १५ गते तीन बजे शपथग्रहण गराउने सचिवालयले बताएकाे छ ।
सांसदहरुलाई सपथ खुवाउनुअघि दिउँसाे १ वजे प्रदेश प्रमुखबाट जेष्ठ सदस्यलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएकाे सचिवालयले जानकारी दिएकाे छ । प्रदेश संसद्ले शपथग्रहण गरेपछि सरकार गठनकाे बाटाे खुल्नेछ ।