सुदूरपश्चिमको कला संस्कृति संरक्षण र विकास गर्न ‘प्रज्ञ प्रतिष्ठान’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले  सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका छन्। सोमबार एक समारोहका बिच मुख्यमन्त्री भट्टले धनगढीमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालयको उद्घाटन गर्दै प्रज्ञा प्रतिष्ठानले सुदूरपश्चिमको कला, साहित्य, संस्कृति र भाषाको संरक्षण र विकास गर्न भूमिका खेल्ने बताएका हुन् ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्रीले भट्टले सुदूरपश्चिमको कला, संस्कृति, भाषा तथा साहित्यको विकास गर्न प्रदेश सरकारले कानुनी व्यवस्था गरेर प्रज्ञा प्रतिष्ठान गठन गरेको बताए। ’नीतिगत व्यवस्था गरेर प्रज्ञा प्रतिष्ठान गठन अब हामी छिटै प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिने छौँ।’

आगामी सरकारले पनि प्रज्ञा प्रतिष्ठानलाई कला, संस्कृति, भाषा र साहित्यको क्षेत्रमा काम गर्न सबै किसिमका सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु।’ भवन उद्घाटन समारोहमा सामाजिक विकास मन्त्री एवं सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सहकुलपति गोविन्दराज बोहरा, सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेलगायत अन्य साहित्यकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई प्रदेशकै कला,संस्कृति, भाषा र साहित्यको क्षेत्रमा काम गर्न सबैको साथ र सहयोग हुनुपर्ने बताए। उनले सुप प्रज्ञा प्रतिष्ठानलाई सबैको साँझा संस्थाको रुपमा विकास र स्थापित गर्न सबैको सहयोग र साथ लिएर काम गर्ने बताए।

कार्यक्रममा सांस्कृतिक नृत्यको प्रस्तुति तथा महेन्द्रनगरबाट प्रकाशित हुने गुगुल्डि पत्रिकाको विमोचन पनि गरिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.