राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

रास्वपा प्रवक्ता मुकुल ढकालका अनुसार पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका र आजको बैठकले त्यसैलाई अनुमोदन गरेको बताए। रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.