‘प्रशासनिक प्रणाली जनमुखी हुनुपर्छ’ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले परिवर्तित राज्य ब्यवस्था अनुसार कर्मचारी प्रणाली पनि अग्रगामी हुनुपर्ने बताएका छन् । शनिवार नेपाल पत्रकार महसंघ कैलाली शाखाकाे १२ ओैं सधारणसभाकाे उद्घाटन गर्दै यस्ताे बताएका हुन् ।

हिजाेकाे एकात्मक राज्य ब्यवस्थाबाट वाक्क दिक्क जनता स‌घीय राज्यब्यवस्थामा पनि उस्तै प्रशासनिक प्रणाली पाएपछि संघीयता बिराेघी साेच्न थालेकाेले कर्मचारी नेतृत्वकाे शासन प्रणालीमा परिबर्तन गरिनुपर्ने बताएका हुन् । मुख्यमन्त्रीकाे पाँच बर्षे अनुभव सुनाउदै भट्टले ढीला सुस्ती र प्रकृया मिलाउने नाममा कर्मचारी तन्त्रले जनआकंक्षा अनुसार काम गर्न नदिएकाे आक्राेष पाेखे ।

प्रदेश सरकारले गत वर्ष नै पत्रकार उपचार खर्च दिने गरी बजेट छुट्टाएकाे तर प्रकृयाका नाममा वर्षकाे अन्तमा फ्रीज गएकाे उदारण दिदै मुख्यमन्त्री भट्टले भने- ‘नागरीक समाजकाे अगुवाई गर्ने पत्रकारकाे याेजना त खेर गयाे भने सर्वसधारणका याेजना के भए हाेलान् ?’

प्रेस स्वतन्त्रताको आधारः सुरक्षित व्यवसायीक पत्रकारिता भन्ने मुल नारासहित नेपाल पत्रकार महासंघ कैलालीको १२ औँ साधारण सभा धनगढीमा सम्पन्न भएको छ। पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा केन्द्रीय पदाधिकारी र जिल्लाभित्र कार्यरत पत्रकारहरुको सभागिता थियाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.