धनगढीकाे डुवान समस्या हटाउन एक अर्ब ४५ करोड रुपैयाँ माग

धनगढी । धनगढी उपमहानगरपालिकाले डुबान समस्या हटाउन बजेट माग गरेको छ। धनगढी-मोहनापुल छ लेन सडकका कारण हुने डुबान समस्या हटाउन उपमहानगरपालिकाले संघीय सरकारसँग बजेट माग गरेको हो।

डुबान समस्या समाधानका लागि डिपिआएर अनुसार काम सुरू गर्न बजेट माग गरिएको हो। संघीय सरकारसँग एक अर्ब ४५ करोड रुपैयाँ माग गरिएको उपमहानगरले जनाएको छ। वडा नम्बर १३ को उत्तरी सिमानादेखि मोहनापुलसम्म वडा नम्बर २, ३ र ४ समेतमा छ लेन सडक दायाँ-बायाँ डुबान समस्या समाधानका लागि डिपिआएर तयार भएको छ।

तयार गरिएको डिपिआएर महाकाली पुल योजना कार्यालय कञ्चनपुरबाट उपमहानगरले प्राप्त गरेको छ। यस्तै प्रारम्भिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आवश्यक बजेटका लागि पेससमेत गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.