बाजुरा ख’ मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित

धनगढी । बाजुरा निर्वाचन क्षेत्र नं १ (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यामा निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार शाहीले २० हजार ११९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका निकतटम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। शाहीले थापालाई २ हजार ५९८ मतान्तरले पछि पारेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ मत पाए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.