भारतले सडकमा बिस्फोट गर्दा महाकालीवारी ढुंगा लागेर नेपाली बालकको मृत्यु

धनगढी। भारतको पिथौरागढबाट उछिट्टिर आएको ढुंगा लागेर दार्चुलाका एक जना बालकको मृत्यु भएको छ। महाकाली पारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक कटान भइरहेको छ। गर्ग एन्ड गर्ग कम्पनीले सडकमा बनाउन चट्टान फुटाउन बिस्फोट गर्दा उछिटिएर आएको ढुंगाले लागेर शुक्रबार बिहान दार्चुलाका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्क पाण्डेका अनुसार हिँडिरहेका बेला बिहान अन्दाजी साढे १० बजे ढुंगा उछिट्टिएर महाकाली वारि आएर उनलाई लागेको थियो। पारिबाट आएका‍ ढुंगा लागेर केही स्थानीय पनि घाइते भएको जनाइएको छ। घटनाको विस्तृत विवरण भने थाहा नभएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए। 

डिएसपी पाण्डेले एक जना अर्कोको खुट्टामा पनि चोट लागेको खबरआएको बताए। अहिले घटनास्थलमा गएका प्रहरीसँग सम्पर्क नभएकाले सबै विवरण आइनसकेको उनले बताए। घटनाबारे बुझ्न दुम्लिङस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएका छन्। 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.