भारतीय जंगली हात्ती नेपालीका गाउँ पसेपछि…

धनगढी। कैलालीकाे गाैरीगंगामा जंगली हात्तीको बथानले धानबालीमा नोक्सानी पुर्याएको छ। गौरीगंगा नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा बाह्रबन हुँदै आएका १० ओटा  भारतीय जंगली हात्तीले धानबालीमा नोक्सानी पुरयाएका हुन्।

बिहीबार बिहान आएको हात्तीको बथानले किसानले काटेर सुकाउन राखेको धाबाली खाई क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हात्तीले गौरीगंगा १ बस्ने डमादेवी खनालको १० कट्टामा लागाएको धानबाली खाएको बताइएको छ।

त्यस्तै, गौरीगंगा-३ बस्ने डम्मर सिंगालको ५ कट्टामा लागाएको धानबाली र वडा नम्बर ४ बस्ने मंगल चौधरीको ३ कट्टामा लगाएको धानबाली खाएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मानवीय क्षति भएको छैन। स्थानीय र प्रहरीको सहयोगमा हात्तीको बथानलाई जंगलतर्फ भगाइएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.