दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो।

ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। मृत्यु हुनेमा शैल्यशिखर-५ बगौराका २३ वर्षीय सन्तोष डाँगा रहेका र चालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। शैल्यशिखर-५ कै २८ वर्षीय सुरेशसिंह डाँगा र सोही ठाउँका २८ वर्षकै श्यामसिंह डाँगा घाइते भएका हुन्। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.