भीरबाट लडेर दार्चुलामा एक युवककाे ज्यान गयाे

धनगढी । दार्चुलामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ। लेकम गाउँपालिका–५ मैखोलीस्थित लिसिनी भीरबाट लडेर स्थानीय ३१ वर्षीय जयदेब जोशीको मृत्यु भएको हो।

शुक्रबार बिहान डोका ल्याउन लेकम गाउँपालिका–२ गराडीतर्फ गएका जोशी भीरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए। 

मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.