बझाङमा जीप दुर्घटना हुँदा ६ को मृत्यु, १३ जना घाइते

बझाङ। बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन्। बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो। 

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन। अहिलेसम्म छ जनाको शव फेला परेको र १३ जना घाइते उद्दार भैइरहेकाे सूचना अधिकारी अवस्थीले जानकारी दिए। मृतकमध्ये  ४ जनाकाे सनाखत भएकाे  घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन्।

सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए। भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन्।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.