सुदूरपश्चिम सरकारको ‘हेलो सिएम’ अव विधुतीय प्रणालीमा

धनगढी । सुदूरपश्चिम सरकारले सञ्चालनमा ल्याएको ‘हेलो सिएम’ अव विधुतीय प्रणालीमा जोडिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमकाबीच कम्प्युटरको बटन थिचेर सो प्रणालीको सुरुवात गरेका हुन् ।

उद्घाटन कार्यक्रममा जनताका सुझाव–सल्लाह, गुनासा तथा समस्या सम्बोधन गर्न तथा सरकारलाई सिधै जनतासँग जोड्न तीन वर्षअघि सञ्चालनमा ल्यइएको ‘हेलो सिएम’ कार्यक्रमलाई युग सुहाँदो गरी परिस्कृत गरिएको मुख्यमन्त्री भट्टले बताए । उक्त प्रविधिलाई नेटवर्किङ सञ्जालबाट प्रदेश सरकारका विषयगत सबै मन्त्रालय, स्थानीय पालिका र संघीय सरकारसँग जोड्न पनि उनले निर्देशन दिए ।

यसअघि टेलीफोन माध्यममा मात्रै सिमित ‘हेलो सिएम’ विधुतीय प्रणालीमा जोडिएसँगै अव भने टेलीफोनकासाथै चिट्टीपत्र, एसएमएस, अनलाइन वेवसाइड, फेसबुक, ट्वीटर, फ्याक्स लगायतका प्रविधिमार्फत सर्वसधारणले पनि आफ्नो गुनासो वा समस्या आफै टिपाउन मिल्ने कार्यक्रमका प्रमुख नवराज ओझाले जानकारी दिए । यो प्रविधिको सुरुवात पहिले टेलिफोनमार्फत आएका करीब तीन सयवढी गुनासो तथा समस्याहरु सम्बोधन भैइसकेको उनले बताए ।

वेवसाइडको लिङ्क हेलो सिएम डट सुदूरपश्चिम डट गोभ डट एनपी  https://hellocm.sudurpashchim.gov.np रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.