काठमाण्डाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई हटाउने भएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरुसँग छलफल गरेर यो निर्णय लिएका हुन् ।
देउवाले यसका लागि आज दिउँसो गठबन्धनका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । देउवाले जसपाका मन्त्रीहरु हटाए पनि नयाँ मन्त्री नियुक्त गर्न भने पाउने छैनन् । प्रतिनिधिसभा विघटन भइसकेकाले नयाँ मन्त्रीहरु उनले नियुक्त गर्न नपाउने भएका हुन् ।