४ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

धनगढी । दार्चुला जिल्लाको महाकाली नगरपालिका-४ तिङ्करखेडाबाट ११ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको साथबाट चार लाख दुई हजार ३६० रुपैयाँ समाते बरामत गरिएको हो।

स्थानीय प्रेम सिंह बुढाथोकीको घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन्।  प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा मार्दा दिउँसो साढे तीन बजे जुवाखालबाट पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले बताए। पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन्। प्रहरी स्रोतका अनुसार घरधनी प्रेम सिंह बुढाथोकीसहित ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। 

चाडपर्वको समयमा जुवातास खेल्ने तथा खेलाउने गरिएको छ। दार्चुला सदरमुकाम खलंगामा यो वर्ष मात्र नभई विगतमा पनि प्रहरीले छापा मार्दा जुवाडेहरू पकाउ पर्ने गरेका थिए।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.