डडेल्धुराको रडुवामा पहिरो जाँदा केआइसिंह राजमार्ग अवरुद्ध

डडेल्धुरा। केआइसिंह राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। लगातार परेको वर्षाका कारण डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

सडक अवरुद्ध हुँदा डडेल्धुरा–डोटी अछाम बाजुरा जोड्ने सवारीसाधन बीच बाटोमा रोकिएका छन्। यस्तै भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा पनि पहिरो खस्दा एकतर्फि सडक अबरुद्ध भएको छ। त्यहाँ अहिले एकतर्फी रुपमा मात्रै सवारी साधन सञ्चालनमा रहेका छन् ।

अवरुद्ध सडक खुलाउन पहल भैरहेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.