संविधान दिवसमा ९९८ जना विभूषित भए, ६८१ कैदीको सजाय माफी

काठमाडौ । संविधान दिवसमा ९९८ जना विभूषित हुने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गरिएकाे छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए।

यस्तै राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ। मन्त्रिपरिषद्को ३१ भदौको निर्णयअनुसार राष्ट्रपति भण्डारीले विभूषणको घोषणा गरेकी हुन्। पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो।

आजैदेखि राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन्। २१ जनाले सजाय माफी पाएका छन्। संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.