राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय छनोट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रतियोगितामा विजयी खेलाडीलाई प्रदेश सरकारले आर्थिक तथा भौतिकरुपबाट सम्मान गर्ने बताउनुभयो ।

May be an image of 8 people and people standingउहाँले खेलकुदले एउटा व्यक्ति, खेलाडी, समाज मात्र नभई राष्ट्रलाई चिनाउन अहम् भूमिका खेल्ने बताउनुभयो । “स्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य छ, अहिले समाजमा हामी देख्छौँ विभिन्न प्रकारका रोगले मानिसलाई ग्रसित पारेको हुन्छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले गठन भएदेखि नै खेलमा महत्त्वपूर्ण काम अगाडि बढाएको मुख्यमन्त्री भट्टको भनाइ छ । उहाँले प्रदेश सरकार गठन भएको पहिलो वर्ष नै सातवटै प्रदेशलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशले नै त्यो प्रतियोगिता जित्यो ।”

सबै जिल्लामा खेलकुदका लागि व्यवस्थित भौतिक संरचना तयार गर्न र खेलाडीको वृत्ति विकासको लागि कार्यक्रम अगाडि बढाउने कुरामा प्रदेश सरकारले नीतिगत तथा आर्थिक रूपमा योजनाबद्ध रुपमा अगाडि बढेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशबाट खेलाडी सहभागी हुने जानकारी दिनुभयो ।  May be an image of 15 people and people standing

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.