धनगढी । अपाङ्गता भएका ब्यक्ति तथा अपाङ्गताकाे क्षेत्रमा काम गरिरहेका संस्थाका पदाधिकारीलाई स्वास्थ्य पुनर्स्थापना सम्बन्धि दुई दिने तालिम सम्पन्न भएकाे छ । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयाेजना गरेकाे उक्त क्षमता अभिबृद्धि अभिमुखिकरणमा सुदूरपश्चिम प्रदेशका डाेटी, डडेल्धुरा, कैलाली र बझाङ का १६ जनाकाे सहभागिता रहेकाे थियाे ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मान वहादुर साउदकाे अध्यक्षतामा चलेकाे कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिकाे स्वास्थ्य पुनर्स्थापना क्षमता अभिबृद्धिकासाथै अपाङ्गताका हकअधिकार, अपाङ्गतासम्बन्धि राष्ट्रिय अन्तराष्ट्रिय मान्यता, ऐन कानून र कार्यान्वयकाे अबस्थावारे अध्यक्ष साउद लगायत सचिव नन्दराज भट्ट, कार्यालय प्रमुख प्रिया खडका र कार्यक्रम संयाेजक निता बिष्टले सहजिकरण गरेका थिए ।
स्वास्थ्य सम्बन्धित पुनर्स्थापना सेवाकालागि वकालत गर्न क्षमता अभिवृद्धि गर्ने, स्वास्थ्य सम्बन्धित पुनर्स्थापनाको बारेमा साझा अवधारणा निर्माण गर्ने, अपाङ्गताको प्रकार र मर्यादित शब्दावली बारे जानकारी, स्वास्थ्य सम्बन्धित पुनर्स्थापना सेवाको परिचय, अवधारणा तथा पुनर्स्थापनाका प्रकारहरू, पुनर्स्थापना सम्बन्धि धारणाहरू, स्वास्थ्यसँग सम्बन्धि पुनर्स्थापना सेवाको समस्याको अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि आवश्यक पर्ने पुनर्स्थापनाका सेवाहरूबारे अभिमुखिकरण गरिएकाे थियाे ।
यस्तै अपाङ्गता भएका व्यक्तिका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट उपलब्ध पुनर्स्थापना सेवाहरू, अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य सम्बन्धित पुनर्स्थापनाका सवालमा नीतिगत व्यवस्थाबारे जानकारी (अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धित ऐन २०७४ र नियमावली २०७७ बारे जानकारी गराइएकाे कार्यक्रम संयाेजक बिष्टले बताएन् । उनका अनुसार अपाङ्गता समावेशी राष्ट्रिय स्वास्थ्य सेवा निर्देशिका २०७६, १० बर्से राष्ट्रिय रणनीति तथा कार्य योजना २०७३-२०८२ र अत्यावश्यक सहायक सामाग्रीको समुहगत छलफल गराइएकाे थियाे ।
यस्तै अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्रीको उपलब्धता तथा पहुँचको स्थित, प्रदेश र स्थानीय तहमा सहायक सामाग्री वितरण, गुणस्तरीयता तथा जिम्मेवार निकायका बारेमा छलफल, वकालत र यसको आवश्यकता तथा वकालतकातरिकाहरु, प्रदेश र स्थानीय तहमा पुनर्स्थापना सेवाका समूह लागि समन्वय तथा सहकार्य प्रदेश र स्थानीय सरकार छलफल र प्रस्तुति समन्वय समिति, पुनर्स्थापना सेवा प्रदायक निकायहरू, सिपिआर र पिटियु हरू, फेमिली केयर गिभर प्लेटफर्म लगायत योजना प्रक्रियास् स्थानीय तहको योजना तथा बजेट एएत् र समूह तर्जुमा प्रक्रिया र यसका चरणहरूबारे जानकारी, प्रदेश र स्थानीय तहमा स्वास्थ्य सँग सम्बन्धी समूह छलफल पुनर्स्थापनाका सवालमा भएर गयरकानुनि व्यवस्था तथा विनियोजित बजेट र कार्यक्रमको प्रभावकारी कार्य योजना निर्माण (समस्या पहिचान बाट प्राप्त समूह छलफल र एजेन्डाको आधारमा कम्तिमा १ वर्ष देखि ३ वर्ष सम्मको योजना निर्माण कार्य योजना तयार गर्ने) लगायता विषयहरूमा छलफल गरिएको छ ।
अभिमुखी कार्यक्रमकाे समापन सत्रमा सुदूरपश्चिम नेत्रहिन युवा संघका अध्यक्ष अर्जून रावल प्रमुख अतिथि रहेका थिएभने अपाङ्गता अभियान्ता पत्रकार भवानी ऐरले मन्तब्य रखेका थिए । यस्तै तालिममा सहभागीमध्ये एक जना पुरुष र एक जना महिलाले तालिमकाे अनुभूति र तालिम पश्चात आफ्नाे गाउँठाउमा गएर सिकेका कुरा लागु गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।