अपाङ्गताको मनाेवल घटाउनेगरी अपमानजनक शब्द  प्रयोग नगर्न आग्रह

धनगढी । मनोसामाजिक अपाङ्गताको मूल प्रवाहीकरण परियोजनाले सञ्चार माध्यममा मनोसामाजिक अपाङ्गताको सवाललाई मूल प्रवाहीकरण सम्बन्धी पत्रकारहरूसँग कार्यशाला गाेष्ठी गरेकाे छ । कोशिश-राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको आयोजना, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको समन्वय र फेल्म नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका बारेमा समाचार सम्प्रेषण गर्दा तथा अन्य कुनै पनि क्षेत्रमा बोलाउँदा होस या सम्बोधन गर्दा जोसुकै व्यक्तिले पनि अपमान जनक शब्द  प्रयोग नगर्न आग्रह गरिएको छ ।

विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा समाजका गन्य मान्य धेरै जसो व्यक्तिहरूले अझै पनि अपाङ्गताका भएका व्यक्ति र फरक क्षमता भएका व्यक्ति बिचको भिन्नता थाह नपाएकोमा सम्बन्धित संस्थाहरूले दुख समेत व्यक्त गरेका छन् । अपाङ्गता हुनु पूर्व जन्मकाे पाप नभइ कुनै न कुनै कमिले काेही गर्भाअवस्थाबाटै त काेही विभिन्न राेगब्याधीले र दुर्घटनाबाट हुने भएकाले समस्या निदान हुनेगरी उपचार भए अपाङ्गताकाे अवस्थामा सुधार ल्याउन सक्ने मनोसामाजिक अपाङ्गताको मूल प्रवाहीकरण परियोजनाले जनाएकाे छ ।

कार्यक्रममा २०७८ को जनगणनाको विस्तृत विवरण आईनसकेकोले २०६८ को जनगणनाको तथ्याङ्कलाई आधार मानी मनोसामाजिक अपाङ्गताको सवाल रही विभिन्न समस्या र चुनौतीहरूका बारेमा छलफल गरिएको थियाे । देशभर कुल जनसङ्ख्याको १.९४ प्रतिशत जनसङ्ख्या अर्थात् पाँच लाख बढी  अपाङ्गता व्यक्ति रहेका छन् । जस मध्ये मनोसामाजिक अपाङ्गता भएका पुरुष १६हजार सात सय ८७ र महिला १४ हजार दुई सय १० जना गरी जम्मा ३० हजार नौ सय ९७ जना रहेका छन् ।

यो सङ्ख्या कुल अपाङ्गता भएका व्यक्तिहरूको ६ प्रतिशत हुन आउने मनोसामाजिक अपाङ्गताका भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी संस्था कोशिशले जनाएको छ।नेपाल भरिमा अपाङ्गताका क्षेत्रमा काम गर्ने चार सय बढी गैर सरकारी संस्थाहरू मध्येको एक संस्था कोशीश हो र यसले कैलालीको धनगढी उप-महानगरपालिका बाट पनि सेवा दिइरहेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउँदकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रलाई अध्यक्ष साउद, अधिवक्ता जुहारीलाल चौधरी र कोशीश धनगढी उप-महानगरपालिकाका परियोजना अधिकृत खडक राम ओडले सहजिकरण गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका पत्रकार महासँघमा आबद्ध तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियाे । 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.