सुदूरपश्चिम सरकारले संविधान दिवस भब्यरुपले मनाउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विगतमाझै यस वर्ष पनि संविधान दिवस तीन दिनसम्म मनाउने भएकाे छ। मुख्यमन्त्री त्रिलाेचन भट्टकाे अध्यक्ष रहेकाे मूल समाराेह समितिकाे आईतवार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकले असाेज २, ३ र ४ गते विविध कार्यक्रमकाे आयाेना गरी मनाउने निर्णय गरेकाे मुख्यमन्त्री भट्टकाे सचिवालयले जानकारी दिएकाे छ । दिवस भब्यरुपमा मनाउन प्रचारप्रसार, सरसफाई तथा झण्डा फेर्ने, दीप प्रज्वलन तथा दीपावली, र्याली तथा झाँकी, सलामी, बृक्षाराेपण, रक्तदान लगायतका कार्यक्रम लागि उपसमिति पनि गठन गरिएकाे मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुवर (प्रख्यात)ले बताए । 

लामाे समयकाे संघ्रर्षपछि संविधान सभाबाट जारी गरिएकाे नेपालकाे संविधान २०७२काे बार्षिकाेउत्सवका रुपमा प्रत्येक वर्ष असाेज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.