निङ्गलाशैनी मेलामा दशरथचन्दकाे सार्वजनिक बिदा

बैतडी । यही भदौ २४ गते निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि बिदा दिइएको छ । बैतडीको दशरथचन्द नगरपालिकाले मेलाका लागि एक दिन बिदा दिने निर्णय गरेको हो ।

अनन्त चतुर्दशीको अवसरमा जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा विभिन्न क्षेत्रका दर्शनार्थीहरुको सहभागिता रहने भएकाले नगर प्रमुख स्तरीय निर्णय अनुसार भदौ २४ गते बिदा हुने जनाइएको छ ।

सो दिन नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षण संस्था लगायतमा बिदा हुने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.