धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले परम्पराकालदेखि मनाउदै आएकाे गाैरा पर्व हाम्राे महत्वपूर्ण चाँडपर्व भएकाे बताएका छन् । देश विदेशमा रहनुभएका प्रदेशवासीकाे नाममा गाैरा पर्वकाे अवसरमा शुभकामना सन्देश सम्प्रेशण गर्दै मुख्यमन्त्री भट्टले गाैरा पर्वले विविधतामा रहेकाे समाजलाई एकतामा बाँधेकाे बताएका छन् ।
सुदूरपश्चिमेलीहरुले परम्पराकालदेखि मनाउदै आएकाे गाैरा पर्वले सामाजिक र सास्कृतिक सदभाव बढाएकाे र गाैरा पर्वले सुदूरपश्चिम प्रदेशलाई देश विदेशमा चिनाएकाे उल्लेख गर्दै मुख्यमन्त्री भट्टले यसलाई परिस्कृतरुपमा सम्बद्धन तथा प्रबर्द्धन गर्न पनि हाम्राे दायीत्व महसुस गरेर लाग्न सम्बद्ध सबैमा आग्रहसमेत गरेका छन् ।
गाैरा पर्वले सामाजिक सांस्कृतिककासाथै परिवारिक सदभाव र बन्धुत्वभाव बढाओस भन्दै मुख्यमन्त्री भट्टले प्रदेशबासीकाे सुस्वस्थ्य, दिर्घायु तथा सुख-शान्तिकाे कामना ब्यक्त गरेका छन् ।