धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ। यही भाद्र १२ गते आइतबारका दिन थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो।
यसअघि भाद्र १९ गते दिने भनिएको सो बिदा प्रदेश सरकार मन्त्री परिषदको ९ गतेको निर्णय अनुसार १२ गते दिइने भएको जनाइएको छ। उक्त दिन कैलाली-कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहने जनाइएको छ।
थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ।
