प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बनेको विधेयक पारित

धनगढी। प्रदेश र स्थानीय तहबीच समन्वय कायम तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएको छ। बिहीबार बसेको प्रदेश सभा बैठकले सर्वसम्मतले सो विधेयक पारित गरेको हो।

आर्थिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलको प्रस्तावमा उपसभामुख निर्मला बडाल जोशीले विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे। यसअघि, सो विधेयकमाथिको छलफलमा प्रदेश सभा सदस्य माया तामाङ बोहरा, महेशदत्त जोशी र अम्बिकुमारी थापाले भाग लिएका थिए।

छलफलमा भाग लिदै उनीहरुले यो विधेयकले प्रदेश सरकार र स्थानीय तहबीचको समन्वयलाई बढावा दिने बताएका थिए। यसैगरी, प्रदेशका कतिपय स्थानीय तहबीच विभिन्न विषयमा विवाद रहेकाले त्यसलाई समाधान गर्न विधेयकले सहयोग पु¥याउने उनीहरुको भनाइ थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.