सुदूरपश्चिमेलीको बहुचर्चित ‘फाप्ला ड्रिम’को निर्माण अघि बढाइने

धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको धनगढीमा बुधबार बसेको पहिलो बैठकले मुख्य तीनवटा निर्णय गरेको छ ।

बैठकले कार्यालय स्थापना गरी आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरी मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर र इआईएको कार्य अघि बढाउन कार्यक्षेत्रगत सर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनोट गर्ने र आर्थिक वर्ष २०७९/८० का लागि आवश्यक बजेट माग गर्ने निर्णय गरेको समितिका सदस्यसचिव शेरबहादुर बिसीले जानकारी दिए ।

सुदूरपश्चिमेली क्रिकेटरहरूको बहुचर्चित ‘फाप्ला ड्रिम’ अभियानलाई साकार रूप दिने गरी युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन उक्त निर्णय गरेको हाे ।पत्रकार सम्मेलनमा मन्त्री गहतराजले सुदूरपश्चिमको धनगढीमा निर्माण सुरु हुन लागेको फाप्ला क्रिकेट मैदानलाई स्पोर्ट्स भिलेजको रूपमा विकास गरिन लागेको बताए ।

‘यो एउटा क्रिकेट ग्राउन्ड मात्रै बन्ने छैन,’ उनले भने, ‘यो स्पोर्ट्स भिलेज बन्ने छ ।’ उनले सरकारको लगानीले मात्रै पूरा नहुने भएकाले स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्य आवश्यकता रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.