धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलाे पटक ‘प्रदेश किशाेर/किशाेरी स्वास्थ्य प्रवर्द्धन तारा’ छनाैट गरिदै छ । प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालय अन्तरगतकाे प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरले ‘प्रदेश किशाेर/किशाेरी स्वस्थ्य प्रवर्द्धन तारा’ छनाैट गर्न लागेकाे हाे ।
“गराैं किशाेर/किशाेरीकाे स्वास्थ्यमा लगानी, पाउ स्वस्थ्य जीन्दगानी” मूल नाराकासाथ सञ्चालित प्रदेशस्तरीय उक्त छनाैट कार्यक्रममा प्रदेशका ८८ वटै स्थानीय तहवाट प्रतियाेगी माग गरिएकाे स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काले जानकारी दिए । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख खड्काकाे अध्यक्षतामा भएकाे उक्त छनाैट कार्यक्रमकाे उद्घाटन सामाजिक विकास मन्त्री गाेविन्दराज बाेहराले गरेका थिए ।
विज्ञहरुकाे छनाैट समिति बनाई प्रतियाेगीहरु छनाैट गरिने छ । कार्यक्रम भाेली २१ गते सम्म चल्ने बताइएकाे छ ।