जनयुद्ध प्रभावितलाई सुदूरपश्चिम सरकारकाे १६ कराेड बजेट

धनगढी । विगतमाझै सुदूरपश्चिम प्रदेश सरकारले द्दोन्द्ध प्रभावितलाई आगामी आर्थिक वर्षकाे बजेटमा १६ कराेड रकम विनियाेजन गरेकाे छ । यसबाट जनयुद्धका शहिद परिवार, घाईते अपाङ्ग याेद्धा, जेल परेका लगायत दाेन्द्ध प्रभावितहरुकाे जीवन उकास्न विभिन्न किसिमका व्यबसायीक अनुदान प्रदान गरिने छ । चालु आर्थिक वर्षमा पनि १० कराेड रकम छुट्टाएकाे थियाे ।

यस्तै सरकारले जनयुद्धका घाईते अपाङ्गकाे उपचारकालागि छुट्टै ५० लाख रकम पनि छुट्टाएकाे छ । जसबाट दाेन्द्धमा घाईते भएकाहरुकाे उपचार, अङगभंग भएर अपाङ्गता भएकाहरुकाे लागि कृतिम अंग (सहायक सामाग्री) बनाउन सकिने छ । जिल्ला अस्पतालमा उपचार हुनसक्ने घाईतेलाई ५० हजार सम्मकाे ओषधाेपचार गर्ने, प्रदेशभित्रका अस्पतालमा उपचार हुन सक्नेलाई एकलाख सम्मकाे र प्रदेश बाहिर लैजानुपर्नेहरुका लागि अवस्था हेरेर डेढ/दुई लाखसम्मकाे उपचार रकम उपलब्ध गरिने कार्यविधिमा उल्लेख रहेकाे प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

यसका अलावा दाेन्द्ध प्रभावितहरुलाई सीपमुलक तालिम, कृषि, स्वराेजगार, व्यपार व्यबसायमा अनुदान लगायतका थुप्रै कार्यक्रममा प्राथमिकता दिएर सहभागी गराउने याेजनामा उल्लेख छ । यसअघिका वर्ष पनि प्रदेश सरकारले जनयुद्धका शहिद परिवार घाईते अपाङ्ग लगायतका दाेन्द्ध प्रभावितहरुलाई रकम विनियाेजन गर्दै आएकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.