देशभर वर्षा, सुदूरपश्चिममा बाढी र पहिराेकाे जाेखिम
धनगढी । नदी तटीय क्षेत्रमा बाढीको जोखिम भएकाले विषेश सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका कैलाली,कन्चनपुर र आसपासका स्थानमा भारी वर्षा भएको, कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाले एसएमएसमार्फत् जानकारी दिएको हो ।
कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेकाले बिहान १० बजेसम्म जोखिम बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच आज पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । महाशाखाका अनुसार मनसुन देशैभर फैलिएको छ ।
आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।पहाडी क्षेत्रमा पहिरो, खोलाहरूमा बाढी आउन सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन सूचित गरेको छ ।