धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनको पाँचौ वैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेकाे सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए।
आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्धारा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिने सभामुख थापाले बताए । यसअघि बिहीवारकाे बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेश गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।