धनगढी । आइतबार सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार जहाज मुस्ताङको थासाङ–२, शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
सिलवालले ट्विटरमार्फत बेपत्ता तारा एयरको जहाज दुर्घटनामा अवस्थामा फेला परेको जनाएका हुन् । ‘शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले ट्विट गरेका छन् ।
पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।