डडेल्धुराका मतदाता पार्टीभन्दा व्यक्तिलाई भोट दिने पक्षमा

डडेल्धुरा । बैशाख३० गते हुनगैरहेकाे स्थानीय चुनावमा डडेल्धुराका मतदाता पार्टीभन्दा पनि भिजनवाला ब्यक्तिलाई भोट दिने पक्षमा देखिएका छन् । विगतमा दलका उम्मेदवारले आश्वासन दिने तर सामुदायीक विकास निर्माण भन्दा आफ्नै आसेपासेकाे कार्यकर्ता भर्ने गरेकाे उनीहरुकाे गुनासाे छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका –१ असुर्पाका बिष्ना नेपाली अहिले निकै सचेत देखिएकि छन । उनी यसपालीको निर्वाचनमा सक्षम व्यक्तिको खोजीमा छिन । विगतका वर्षमा घरदैलोमा भोट माग्न आएकाहरुले बिकासको नारा दिएकाले मतदान गरेकी बिष्ना यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा छैनन् । जसले आफुहरुको समस्या समाधान गर्छ उनीहरुलाई नै यो निर्वाचनमा भोट हाल्ने समेत उनी बताउँछिन । आश्वासन दिनेभन्दा सम्भावना बोकेको नयाँ व्यक्तिलाई भोट दिने उनको भनाई छ ।

डडेल्धुराकै अजयमेरु गाउँपालिका २ चमडाका मञ्जु चुनारा पनि आफ्नो गाउँठाउँको बिकास गर्ने व्यक्तीलाई नै भोट दिने बताउँछिन । समुन्नत समाजका लागि भिजन भएको व्यक्तिलाई पालिकाको नेतृत्वमा ल्याउनुपर्ने उनीहरु जस्तै डडेल्धुराको अमरगढी नगरपालिका ५ का लक्ष्मीकान्त पनेरुको सोच छ । राजनीतिक आस्था जुनसुकै पार्टीमा भए पनि यसपटक पार्टीभन्दा माथि रहेर सक्षम व्यक्तिलाई मौका दिनुपर्ने पक्षमा छन उनी ।

२०७४ सालमा भएको निर्वाचनमा घरघर आएर भोट मागी चुनाव जितेर पाँच बर्ष सरकार चलाएका जनप्रतिनिधिले आफ्नो समस्या नबुझेको गुनासो उनीहरुको छ । त्यसैअनुसार अहिले उनीहरु पार्टीभन्दा पनि व्यक्तिलाई भोट दिने पक्षमा छन । संगै आश्वासन दिने नभई आफ्ना मुद्दालाई महसुस गरेको व्यक्तिलाई अबको निर्वाचनमा साथ र समर्थन रहने उनीहरुको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.