गौरीफण्टा नाका फेरि कैलालीकाे स्वामित्वमा, जनप्रतिनिधि रुस्ट

धनगढी । गौरीफन्टा नाका र त्योसंगै जोडिएको डोकेबजार क्षेत्रमा फेरि कैलालीको सुरक्षा टोली खटिएको छ। ०७७ भदौदेखि कञ्चनपुरको भू-भागमा पर्ने भन्दै डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएकोमा फेरि कैलालीको टोलीले ड्युटी गर्न सुरु गरेको हो।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति एसपी अम्मरबहादुर ऐरले माथिको आदेशअनुसार नाकाको डिउटीबाट आफ्नो मातहतको टोली फिर्ता बोलाइएको बताए। ‘भन्सार कैलाली र नाकाको डिउटी कञ्चनपुरको थियो,’ उनले भने, ‘१ गतेदेखि हाम्रो टोली फिर्ता भएको छ। डोकेबजार क्षेत्रमा भने हाम्रो टोली तैनाथ हुन्छ।’

नाका स्थापना भएदेखि नै गौरीफन्टामा सुरक्षा दिदै आएको कैलालीको सुरक्षा टोली कोरोना भाइरसको प्राभावको समयमा ०७७ भदौमा फिर्ता भएको थियो। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ मा पर्ने गौरीफण्टा सीमानाकाको सुरक्षाको जिम्मा एकाएक कैलालीले लिएपछि पुनर्वासका जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।

पुनर्वासका नगरप्रमुख जिवनराज थापाले केन्द्रले कञ्चनपुरको भुमिमा कैलालीको सुरक्षाकर्मी बिना जानकारी खटाईएको प्रसंङ्ग नगरलाई नै जानकारी नदिई गर्नु गलत भएको बताए ।त्यसैगरि नगरउपप्रमुख शारदा बिष्टले कोभिड–१९ महामारीमा कञ्चनपुरले ठूलो सास्ती भोग्नुपरेको र कञ्चनपुरको भूमिमा कैलालीले स्वामित्व लिनु न्यायोचित नभएको उल्लेख गरिन् । उनले तत्काल सुरक्षाको जिम्मा कञ्चनपुरलाई फिर्ताका लागि आफु सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिईन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.