कठरिया थारु भाषालाई पनि सिफारिस गर्न मुख्यमन्त्री भट्टकाे आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सरकारी कामकाजकाे भाषाकाे रुपमा कठरिया थारु भाषालाई पनि सिफारिस गर्न भाषा आयाेगसँग आग्रह गरेका छन् । भाषा आयाेगले हालै प्रकासित गरेकाे आफ्नाे बार्षिक प्रतिवेदनबारे जानकारी गराउन आएका आयाेगका अध्यक्ष डा. लबदेव अवस्थीसँग यास्ताे आग्रह गरेका हुन् ।

यस्तै भेटवार्तामा भाषा आयाेगकाे टाेलीसँग मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बाेलिने डगाैंरा थारु, उर्दु, साैका जातीकाे भाषाबारे पनि जिज्ञासा राखेकाे मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए । उनका अनुसार आयोगका अध्यक्ष डा. अवस्थीले सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाबारे, सरकारी कामकाजको भाषासम्बन्धि संवैधानिक प्रावधान, बहुसंख्यक जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषामा समेट्न सकिने लगायता विषयमा जानकारी गराएका थिए ।

भाषा आयोगका अध्यक्ष डा. अवस्थीले २०६८ काे जनगणनाअनुसार कठरिया थारु भाषालाई सरकारी कामकाजकाे भाषाका रुपमा समावेश गर्न नपुग्ने र अहिले २०७८ काे राष्ट्रिय जनगणनाकाे तथ्याङ आएपछि जनसंख्या पुगे सिफारिस गरिने जानकारी दिएका थिए । उनले सुदूरपश्चिममा रहेका अल्पसंख्यक भाषाहरुलाई पनि सरकारले संरक्षण तथा प्रबर्द्धनमा सघाउन सुझाब दिएकाे बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.