धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् ।
भारतबाट घर फर्कने नेपालीको अवस्था बुझ्नका लागि मन्त्री रावलसहित कैलालीका प्रमुख जिल्ला अधिकारीको टोली बुधबार विहान गाैरीफन्टा सीमा नाका पुगेका हुन्।
मन्त्री रावलले घर फर्किरहेका नेपालीसँग सीमामा हुने ज्यादतीका बारेमा कुराकानी पनि गरेका थिए। उक्त नाकाबाट नयाँ वर्ष मनाउनका लागि नेपालीहरु अहिले स्वदेश फर्किरहेका छन्।