मानवअधिकारबारे युराेपियन प्रतिनिधिद्वारा मुख्यमन्त्री भट्टसँग छलफल

धनगढी । मानवअधिकारकाे अवस्थाबारे युराेपियन युनियन आवद्ध गैरसरकारी संस्थाका प्रतिनिधिहरुले सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलाेचन भट्टसँग छलफल गरेका छन् ।

ईन्सेक नेपालका पदाधिकारीकाे नेतृत्वमा आएकाे प्रतिनिधीमण्डलले साेमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय धनगढीमा मुख्यमन्त्री भट्टसँग भेट गर्दै सुदूरपश्चिम प्रदेशकाे अवस्थाबारे जानकारी लिएकाे थियाे ।

सुदूरपश्चिम प्रदेशमा मानअधिकारकाे अवस्था र प्रदेश सरकारले गर्दै आएका प्रयासबारे मुख्यमन्त्री भट्टले जानकारी गराएका थिए । उनले मानअधिकारका सवालमा प्रदेश सरकार कटिबद्ध रहेकाे समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलमा युनियन प्रतिनिधि मण्डलले सरकारलाई धन्यवाद दिंदै  अब छिट्टै सुदूरपश्चिम प्रदेशमा महिला सशक्तिकरण गर्ने नयाँ परियाेजना लागु गर्न थालेकाे जनकारी गराएकाे थियाे ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.