कैलालीका मतदानस्थलको सुरक्षा संवेदनशीलताको अनुगमन

धनगढी । जिल्ला सुरक्षा समिति कैलालीको टोलीले जिल्लाका बिभिन्न मतदान स्थल तथा मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको छ। आईतबार कैलालीको मोहन्याल र लम्कीचुहाका बिभिन्न मतदान स्थल र मतदान केन्द्रको स्थलगत निरिक्षण तथा अनुगमन कार्य गरेको हो।

जिल्लाका सुरक्षा निकायका प्रमुख सम्मिलित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले मतदान स्थलमा सुरक्षा संबेदनशिलता, निर्बाचनको समयमा अपनाउनु पर्ने सुरक्षा निति, मतदाता, उम्मेदार र मतपेटीकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन गरेको जनाइएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा रहेका मतदान स्थललाई सुरक्षाको दृष्टीकोणले कतिको संबेदनशिल छन । कुन मतदान स्थलमा कति सुरक्षाकर्मि परिचालन गर्ने भन्ने बिषयमा अनुगमन भईरहेको जानकारी दिए । उनले जिल्लाको सबैभन्दा सुरक्षा संबेदनशिल र जटीलता मोहन्याल गाउँपालिकामा रहेको र मतदान पछि मतपेटीका समयमै संकलन गर्न सोल्टामा हेलिकप्टर ल्याण्ड गर्नकोलागि समेत अध्ययन तथा अनुगमन गरिएको बताए।

अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले शान्तिसुरक्षा सामान्य रहेको बताए। निर्बाचनलाई शान्तिपुर्बक र भयरहित बनाउन एकिकृत सुरक्षा बनाएर लागेको जानकारी दिए । जिल्ला निर्बाचन कार्यालय कैलालीका प्रमुख निर्बाचन अधिकृत प्रेमराज भट्टले आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानियतहको निर्बाचनलाई भयरहित र मर्यादित रुपमा सम्पन्न गर्न आफुहरुलागि रहेको जानकारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.