मुख्यमन्त्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन प्रतियोगिता सम्पन्न

धनगढी। कैलालीको धनगढीमा शनिवार ‘मुख्यमन्त्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन प्रतियोगिता’ सम्पन्न भएको छ। ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा धनगढी जेसिजले आयोजना गरेको उक्त प्रतियोगिताका दाैड प्रतियाेगीता भएका थिए ।

May be an image of 9 people and people standingधनगढी हाप म्याराथनमा लाई सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्धक रहेको थियो। गरेको थियो। जसमा खुल्ला दौड, कर्पोरेट मिडिया दौड, महिला, विद्यार्थी र ट्राई सार्ईकल गरी ५ विधामा प्रतिस्पर्धा गराइएको थियो। जसमा २१.१ किलोमिटरको खुल्ला दौड प्रतियोगितामा गोपिचन्द्र पार्की प्रथम, मोहनदेव जोशी द्धितिय, ललित शाही तृतीय भएका छन्। यस्तै कर्पोरेट मिडिया दौडतर्फ काशिराम मण्डेल प्रथम, विजय गुप्ता द्धितिय, बिरेन्द्र प्रसाद भट्टराई तृतीय भएका छन्।

यस्तै महिलातर्फ फुललमती राना प्रथम, सीता चौधरी द्धितिय,  सलिना राना भाट तृतीय भएकी छन् भने विद्यार्थीतर्फ डम्मर राज पुरी प्रथम, अतुल डोरिया द्धितिय, चन्द्र बोहरा तृतीय भएका छन्। खुल्ला दौड प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३३ हजार ३ सय ३३ तृतीय हुनेलाई २२ हजार २ सय २२ नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ। कर्पोरेट मिडिया दौड, महिला र विद्यार्थीको सवालमा भने ५ किलोमिटरमा प्रतिस्पर्धा भएको थियो।

No description available.जसमा प्रथम हुनेलाई ५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३ हजार ३ सय ३३ तृतीय हुनेलाई २ हजार २ सय २२ नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ।यस्तै समाजमा रहेका अपाङ्गता भएका व्यक्तिलाई समेटेर ट्राई सार्ईकल रेस आयाेजना गिरएकाे थियाे । साे रेसमा सहभागी सबैलाई प्रमाण पत्रकासाथै जनही नगद दुई हजार प्रदान गरिएकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.